बुधबारबाट चक्रपथ रिंगरोडमा ट्रक, टिप्पर र मिनि ट्रकहरु चल्न नपाउने !

0
1791

२७ असार, काठमाडौं । सरकारले बुधबारबाट काठमाडौ चक्रपथ रिंगरोडमा पनि ट्रक, टिप्पर र मिनि ट्रकहरु चल्न रोक लगाउने भएको छ । सवारी चाप हुने ‘पिक’ आवरमा रिंगरोडमा पनि ट्रक, टिप्पर र मिनि ट्रक रोक लगाउने निर्णय भएको यातायात व्यावस्था विभागका महानिर्देशक रुपनारायण भट्टराइले सञ्चार खबरलाई बताए ।

यातायात ब्यवस्था विभागको आयोजनामा मंगलबार बसेको सरोकारवालाको बैठकले जाम बढी हुने समयमा रिंगरोडमा ट्रकरटिप्परलाई प्रवेश र सञ्चालनमा रोक लगाउने निणर्य गरेको हो । रिंगरोडमा समयसीमा हेरेर मात्रै यस्ता सवारी सञ्चालन गर्न दिइनेछ । बुधबारदेखि विहान साढे ८ बजेदेखि साढे १० बजेसम्म र दिउँसो साढे ३ बजेदेखि साढे ६ बजेसम्म ट्रक र टिप्परलाई चक्रपथमा पनि चल्न नदिइने यातायात विभागले जनाएको छ ।