२०८३ बैशाख १८ गते शुक्रबार
२०८३ बैशाख १८ गते शुक्रबार

रास्वपाको महामन्त्री दाबी गर्दै सर्वोच्च पुगे मुकुल ढकाल

काठमाडौं । डा.मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री आफू नै भएको दावी गर्दै दायर गरेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ । ढकालले आफू नै रास्वपाको महामन्त्री रहेको र सोही हैसियतमा काम गरिपाउँ भन्दै असार १३ गते सर्वोच्चमा रिट दायर गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय, महामन्त्री कविन्द्र बुर्लाकोटी, पार्टीको प्रवक्ता मनिष झा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रतिवादी बनाउँदै रिट दायर भएको छ ।

ढकालले आफूलाई कारवाही गर्ने पार्टीको निर्णयविरुद्ध निर्वाचन आयोगमा पनि निवेदन दिएका छन् । आफ्नो कारवाहीबारे पार्टीको कुनै पनि पत्र अद्यावधिक नगर्न आयोगलाई भनेका छन् । पार्टी अनुशासन विपरीत अभद्र र अमर्यादित व्यवहार प्रदर्शन गर्नुको साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिएको भन्दै रास्वपाले एक वर्षअघि उनलाई महामन्त्री, केन्द्रीय सदस्य र साधारण सदस्य समेत नरहनेगरी निलम्बन गरेको थियो । पार्टीले आफूलाई गरेको कारवाही अवैधानिक भएको उनको दावी छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।