हारको समिक्षामा माओबादि केन्द्र !

0
602
काठमाडौं, ३ साउन । स्थानीय तह चुनावको समीक्षा गर्दै आगामी रणनीति तयार पार्न नेकपा माओवादी केन्द्र छलफल थालेको छ । चुनाबको समीक्षा सहितको रणनिति तयार पार्न माओवादी केन्द्रको केन्द्रीय सचिवालय बैठक सुरु भएको हो । केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा जिल्ला इञ्चार्जहरुको समेत उपस्थिति छ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी जनताले चाहेजस्तो हुन नसक्नु नै पराजयको मुख्य कारण भएको बताँउनुभयो । बैठकको सुरुमा ब्रिफिङ गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, माओवादी जनताले खोजे जस्तो हुन सकेन, जनताले यस्तो माओवादी खोजेको होइन । चुनाव हार्नुमा आन्तरिक कारणमात्रै नरहेको भन्दै उहाँले माओवादीलाई कमजोर बनाउन परिवर्तन नचाहने राष्ट्रिय र अन्तराष्ट्रिय शक्ति नै लागेको आरोप लगाउनुभयो । ती शक्तिहरुले परिवर्तन संस्थागत भएको हेर्न नचाहेको प्रचण्डको भनाइ थियो । गुट विघटन गरौँ, होइन भने घोषितरुपमै गुट चलाउँ अध्यक्ष प्रचण्डले बैठकमा भन्नुभएको थियो । बैठक पर्सि सम्म चल्ने माओवादीले जनाएको छ ।