२०८२ चैत्र २९ गते आईतवार
२०८२ चैत्र २९ गते आईतवार

नाउपाले लियो सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

कैलाली । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज (शुक्रबार) दिउँसो १२ बजे बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो। प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले केन्द्रको निर्णय अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए ।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेसँगै नागरिक उन्मुक्ति बिच्किएको हो। नाउपाले संघ सरकारबाट समेत बाहिरिने बताएको छ । संघीय सरकारमा राज्यमन्त्री अरुण चौधरीले राजीनामा राजीनामा दिने र प्रतिपक्षमा बस्ने अध्यक्ष रञ्जिता श्रेष्ठले बताएकी छन् ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।