२०८२ असार २७ गते शुक्रबार
२०८२ असार २७ गते शुक्रबार

विद्यालय शिक्षा विधेयक पास गर्न शिक्षामन्त्रीले फेरी मागे समय

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक पास गर्नका लागि थप समय माग गरेका छन् ।

आइतबार बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री पन्तले केही विषयमा सत्ता गठबन्धनभित्रै कुरा नमिलेको भन्दै विधेयक पास गर्न ढिलाइ भएको बताएका हुन् ।

‘एक–दुई वटा विषयमा कुरा मिलेको छैन । सत्ता गठबन्धनमा छलफल गर्नुछ,’ मन्त्री पन्तले भने, ‘हामी क्षमाप्रार्थी छौं । आज पास गर्ने भनेका थियौं, सकिएन । केही समय चाहिन्छ ।’

यसअघि पनि मन्त्रीकै आग्रहमा असार १६ गतेको बैठक स्थगित गरिएको थियो । शिक्षक महासंघसँग वार्ता जारी रहेकाले फेरि समय मागिएको हो ।

समितिका सदस्यहरुले विद्यालय शिक्षा विधेयक छिटो पारित गर्न दबाव दिँदै आएका छन् ।

शिक्षक नियुक्ति, सरुवा र व्यवस्थापन लगायतका विषयमा विवाद रहँदै आएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।