झापामा दुर्घटनामा परि एक घाइते, एकको मृत्यु !

0
611
झापा, ६ साउन । झापाको भद्रपुर–बिर्तामोड सडकखण्डमा आज भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
मुत्यु हुनेमा बिर्तामोड नगरपालिका– ८ हर्चनाका ३८ वर्षीय कृष्ण थापा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
हर्चनाबाट बिर्तामोडतर्फ गइरहेको मे २ प ९०६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको गाडी म्याजिक भेन एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक थापाको घटनास्थलमै मृत्यु भएको हो ।
मोटरसाइकलमा सवार सोही स्थानका २५ वर्षीय गोविन्द चौधरी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते चौधरीको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।