Home header news निर्वाचन क्षेत्र निर्धारण आयोगले काम थाल्यो,तीन सातामै प्रतिबेदन बुझाउने ।
साउन १३ काठमाण्डौं । निर्वाचन क्षेत्र निर्धारण आयोगले देशभर पुगेर सुझाव संकलन थालेको छ।
बुधबारबाट काम थालेको आयोगले राजनीतिक दल, विज्ञ तथा सर्वसाधारणसँग क्षेत्र निर्धारणको सुझाव पनि मागेको छ।
उक्त आयोगलाई प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गराउन आवश्यक पर्ने निर्वाचन क्षेत्र निर्धारण गर्न जिम्मेवारी दिएको छ।
जम्मा तीन हप्ताको समय पाएका आयोगका अधिकारीहरुले निर्धारित समयमै प्रतिवेदन तयार पार्न सकिने विश्वास व्यक्त गरेका छन्।
यसअघिको २४० संसदीय निर्वाचन क्षेत्रलाई १६५ मा सीमित गर्ने र त्यसको दोब्बर ३३० संख्याको प्रदेश सभाको निर्वाचन क्षेत्र निर्धारण गर्ने जिम्मा पाएको आयोगले त्यसको शुरुवात नागरिक समाज, राजनीतिक दल, तथा स्थानीय बासिन्दाहरुको सुझाव संकलन गरेर थालेको हो।
त्यसको लागि आयोगले सार्वजनिक सूचना जारी गरेको छ।
Post Views:
7,278