पुर्वमन्त्री शेर्माको दुबै मृगौला फेलियर,एक साता देखि अस्पताल भर्ना ।

0
511
काठमाण्डौं  १३ साउन । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री पूर्णकुमार शेर्मा दुवै मिर्गौलाले काम गर्न छोडेपछि अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् ।
केही साता अघिदेखि सामान्य बिरामी भएका शेर्माको दुवै मिर्गौलाले काम गर्न छाडेकाले पुल्चोकस्थित निदान अस्पतालमा भर्ना भएका छन् ।
७४ वर्षीय काँग्रेस नेता शेर्मालाई डायलासिसमार्फत थप उपचारको प्रक्रिया अगाडि बढाइएको उहाँका पारिवारीक सदस्यले जानकारी दिएका छन् ।