२०८३ बैशाख १९ गते शनिबार
२०८३ बैशाख १९ गते शनिबार

यी हुन् बेपत्ता एकै परिवारका १६ जना : खोजी कार्य जारी, अन्तिम ‘लोकेसन’ रामेछापको सिमन्दीछाप

सिन्धुली गोलन्जोरबाट सम्पर्कविहीन एकै परिवारका १६ सदस्यको अन्तिम मोवाइल ‘लोकेसन’ रामेछापको सिमन्दीछाप देखिएको छ । यही साउन ९ गते रामेछापमा ती सदस्यको ‘लोकेसन’ देखिएको प्रहरीले जनाएको छ ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, छेप्टाको उक्त परिवारका १६ जना एकाएक गाउँबाट सम्पर्कविहीन भएका थिए । उनीहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

‘सम्पर्कविहीन परिवारको खोजी कार्य जारी छ । ९ गते रामेछाप पुगेको लोकेसन देखिएको छ’, एक प्रहरी अधिकृतले भने । बेपत्ता परिवारका सदस्यको मोबाइल अफ हुनुअघि अन्तिम लोकेसन पत्ता लागेपछि त्यहाँ रहेको हुनसक्ने आशंकाले प्रहरी घटनास्थलतर्फ गएको छ ।

तर, सिमन्दीछाप क्षेत्रको टावरबाट सिन्धुलीमा उनीहरुको घर भएको क्षेत्रमा कभरेज टिप्ने भएकाले पनि देखाएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी भोलाकुमार भट्टले जानकारी दिए । गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार चार दिनदेखि सम्पर्कविहीन भएको सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीले बताए ।

बेपत्ता हुनेमा उर्मिला हायुसहित उनका ६ छोरा, ६ छोरी, एक बुहारी, एक नातिनी र एक जना ज्वाइँ रहेको प्रहरीले जानकारी दिएको छ । बेपत्ता हुनेमा उर्मिलासहित उनका छोराहरू राजु हायु, हिमाल हायु, लालबहादुर हायु, डेगबहादुर हायु, सुवर्ण हायु, लक्ष्मण हायु छन् ।

यस्तै छोरीहरू कमला हायु, सुधा हायु, सुजता हायु, उषा हायु, अस्मिता हायु र कोमला हायु छन् । बुहारी, नातिनी र ज्वाइँको भने नाम खुलिसकेको छैन । उर्मिला हायुको परिवार पालेका कुखुरा, बाख्रा, भैँसी अलपत्र छाडेर सम्पर्कविहीन बनेको सिन्धुलीका प्रहरी प्रमुख एवं एसपी लालध्वज सुवेदीले बताए ।

केही दिनअघि मात्र उर्मिलाले सामाजिक सुरक्षा भत्ता बुझेकी थिइन् । उनीहरू घर छाडेर अन्यत्र गएको सिन्धुली प्रहरीले आशंका गरेको थियो । उक्त परिवार १८ जनाको हो । परिवारका दुई सदस्य भने यसअघिदेखि काठमाडौंमा रहेका प्रहरीले जनाएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।