निर्वाचन क्षेत्र निर्धारण गर्न कठिन ! दलहरुको आ आफ्नै सुझाव ।

0
413
साउन १६ काठमाण्डौं । निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसंख्या वा भूगोल कुनलाई पहिलो प्राथमिकता दिने भन्ने निर्क्योल सरोकारवालाहरुसँगको जारी परामर्शपछि गरिने निर्वाचन क्षेत्र निर्धारण आयोगले जनाएको छ।
आयोगका अनुसार उसलाई अहिलेसम्म राजनीतिक दल, सम्वद्ध विज्ञ र अन्य सरोकारवालाहरुले फरक(फरक सुझाव दिएका छन्।
आयोगले प्रमुख दल र प्रधानमन्त्रीसँग क्षेत्र निर्धारणका मापदण्डवारे परामर्श गरेको छ।
तीन साताभित्र प्रतिवेदन तयार गर्ने समयसीमा पाएको निर्वाचन क्षेत्र निर्धारण आयोगले काम थालेको करिब एक साता पुगेको छ।
दलहरुकै फरक फरक सुझाव आएकाले आयोगले आफ्नो मापदण्ड निर्धारण गर्न सकेको छैन।
निर्वाचन क्षेत्र निर्धारण आयोगका प्रवक्ता गणेशराज कार्कीले भने, कसैले जनसंख्यालाई बढी महत्व दिनुपर्छ भन्नु भएको छ भने कसैले भूगोललाई बढी महत्व दिनुपर्छ भनेर राय दिनु भएको छ। संविधानको परिधिभित्र बसेर उहाँहरुले राय दिनुभएको छ। उहाँहरुका केही राय सुझावमा मतभिन्नता पनि छ। तर उहाँहरुका सुझाव आयोगले ग्रहण गर्छ।ुु
आयोगलाई उसको जिम्मेवारी निर्धारित समयभित्रै पुरा गर्न हरहिसाबले सहयोग गर्ने वचन सरकारले दिएको छ।
तर राजनीतिक दल वाहेक विभिन्न क्षेत्रवाट पाएको सुझाव प्रतिवेदनमा समावेश गर्नु चुनौतीपूर्ण रहेको आयोगका अधिकारीहरु बताउँछन्।