२०८३ जेष्ठ १७ गते आईतवार
२०८३ जेष्ठ १७ गते आईतवार

दलको नेताबाट हटाइएपछि मुख्यमन्त्री लामाले भने प्रपञ्च रचियो, राजीनामा दिन्नँ

मकवानपुर । मुख्यमन्त्री बहादुरसिंह लामा बागमती प्रदेश कांग्रेस संसदीय दलको नेतामा पराजित भएका छन् । आज (मंगलबार) प्रदेश कांग्रेस संसदीय दलमा भएको मतविभाजमा मुख्यमन्त्री लामाले संसदीय दलको नेताको हैसियत गुमाएका हुन् ।

मुख्यमन्त्री लामाका पक्षमा १५ सांसदले मात्र मत दिएका छन् । त्यस्तै इन्द्रबहादुर बानियाँका पक्षमा भने बहुमत अर्थात २२ सांसद देखिए । बागमतीमा मुख्यमन्त्री परिवर्तनका लागि कांग्रेसकै मन्त्रीहरूले राजीनामा समेत दिएका थिए। मंगलबार मात्र खानेपानी, ऊर्जा तथा सिँचाईमन्त्री श्यामबहादुर खड्काले सोमबार दिएका थिए । यसअघि ९ साउनमा प्रदेशका ४ जना मन्त्रीले राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए।

मुख्यमन्त्री लामाले आफ्नो विरुद्धमा हस्ताक्षर गर्ने चार जना मन्त्रीलाई पदमुक्त गरिसकेका छन् । उनले रिक्त चार मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गरी अविश्वासको प्रस्ताव सामना गर्ने रणनीति तय गरेका थिए । तर मंगलबार संसदीय दलको नेतामा पराजित भएसँगै उनलाई मुख्यमन्त्रीबाट राजीनामा दिएर मार्गप्रशस्त गर्न दबाब बढेको छ ।

बागमतीमा रहेका कांग्रेसका ३७ प्रदेश सांसदमध्ये २२ जनाले अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गरेका छन् । कांग्रेस प्रदेश सभापति तथा प्रदेश सांसद बानियाँको नेतृत्वमा अविश्वास प्रस्ताव दर्ता भएको हो । मुख्यमन्त्री लामा र बानियाँ दुवै कांग्रेस सभापति शेरबहादुर देउवा निकट नेता हुन् ।

अविश्वासको प्रस्ताव पारित भएपछि मुख्यमन्त्री समेत रहेका लामाले आफ्नो मन्त्रीहरू सबैलाई नेताले करकापमा पारेको टिप्पणी गरेका छन् । लामाले आफ्नै मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरू असन्तुष्ट हुँदै अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नुमा नेताहरूले करकापमा पारेर गर्न लगाएका बताए ।

अविश्वासको प्रस्ताव पारित भएपछि मुख्यमन्त्री लामाले नेपाली कांग्रेसका नेताहरूले प्रपञ्च रचेर अविश्वासको प्रस्ताव दर्ता गर्न निर्देशन दिएको आरोप लगाए । ‘मैले त सबैलाई मिलाएर जाऔँ भनेकै थिएँ, तर यहाँ त सांसददेखि नेताहरूसम्मले मविरुद्ध प्रपञ्च रचेका रहेछन्,’ लामाले भने, ‘मेरै क्याबिनेटमा बसेका मन्त्रीहरू पनि कसैको जालोमा फसेका रहेछन् । कसैको धेरै प्रेसर पनि रहेछ । सोही कारण उहाँहरूले अर्को पक्षलाई सघाउन तयार बन्नु पर्ने अवस्था आयो ।’ लामाले आफ्नो दलको नेताबाट पद गए पनि मुख्यमन्त्रीबाट भने राजीनामा नदिने बताए ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।