मतदाता नामावलीमा नाम दर्ता गराउनेको उल्लेख्य सहभागीता ।

0
518
काठमाडौँ, १६ साउन । प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन मतदाताको उत्साहजनक सहभागिता देखिएको छ ।
क्षेत्रीय निर्वाचन कार्यालयका अनुसार काठमाडौंमा यही साउन १ गतेदेखि १५ गतेसम्म १४ हजार ४८१ जनाले फोटोसहितको मतदाता नामावली दर्ता गराइसकेका छन् ।
नामावली दर्ता गराउनेमध्ये काठमाडौँबाहिरका मतदाता १० हजार ५८९ रहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जनाएको छ । कार्यालयका अनुसार हालसम्म नामावली दर्ता गराउनेमा पुरुषको संख्या आठ हजार २१, महिला छ हजार ४६२ र तेस्रो लिङ्गी एकजना छन् ।
प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले सातै प्रदेशका ७४४ स्थानीय तहमा आजदेखि यही साउन ३२ गतेसम्म मतदाता नामावली दर्ता गर्ने कार्यक्रम सञ्चालन गरेको छ ।
“फोटो खिचाउन स्थानीय तहको निर्वाचनमा भोट हाल्न नपाएका मतदाताको निकै भीड रहेको छ, यस्तो भीड हुन्छ भन्ने कुरा निर्वाचन आयोगले समेत सोचेको थिएन ।
कार्यालयले मतदाता नामावलीमा नाम दर्ता गराउने कार्य प्रत्येक दिन बिहान ८ देखि साँझ ६ बजेसम्म व्यवस्था गरेको छ ।
निर्वाचन आयोगले काठमाडौँ जिल्लामा मतदाता नामावली दर्ता गराउन काठमाडौंका काठमाडौँ महानगरपालिकासहित १० वटै नगरपालिकामा फोटोसहितको नामावली दर्ता गराउने व्यवस्था गरेको छ ।