राजपाले प्रदेश नम्बर २ को चुनावमा भाग लिन्छ : उपेन्द्र यादव ।

0
290

पाँचथर, २३ साउन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राजपा अब प्रदेश नम्बर २ मा हुने चुनावमा भाग लिने बताएका छन् ।

पाँचथरको फिदिममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले भने , जित्ने हार्ने भन्दा पनि चुनावमा भाग लिनु नै राजपाका लागि जित हो । सरकारले २ नम्बर प्रदेशको चुनाव दोस्रो चरणमै गराउनुपर्ने तर सोही समयमा निर्वाचन नगरेर गलत गरको यादवको आरोप थियो ।

अध्यक्ष यादवले प्रादेशिक संरचनामा अहिलेको ७ वटा प्रदेशले शान्ति र स्थिरता कायम गर्न चुकेको भन्दै बाँकी विषयलाई संशोधनको माध्यमबाट सम्बोधन गर्नुपर्नेमा उनको जोड थियो ।
उनले नयाँ शक्ति पाटीसँग एकीकरण गर्ने प्रयास जारी नै रहेको निकट भविष्यमा दुई पार्टीबीच एकता हुने सम्भावना कायमै रहेको दावी गरेका छन् ।