काठमाडौं । सरकारले आउँदो दशैंबाट सञ्चालनको तयारी गरेको नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ । यही साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर निर्धारण गरेको हो । नागढुङ्गा सुरुङमार्ग हुँदै गुड्ने कार-भ्यानहरूको काठमाडौँ आउँदा ६५ र जाँदा ६० रुपैयाँ शुल्क तिर्नु पर्नेछ ।
त्यसै गरी मिनीबस -ट्रकको काठमाडौँ आउँदा ११५ र जाँदा ८० रुपैयाँ तिर्नुपर्ने छ । बस-ट्रकलाई भने काठमाडौँ आउँदा २६० र जाँदा २०० सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । भारी उपकरण काठमाडौँ आउँदा ६०० र जाँदा २५० शुल्क मन्त्रिपरिषद्ले निर्धारण गरेको छ ।









