२०८२ फाल्गुन २२ गते शुक्रबार
२०८२ फाल्गुन २२ गते शुक्रबार

मेलबर्न रेनेगेड्समाथि नेपालको शानदार जित

काठमाडौँ । टप एण्ड टी–२० सिरिजमा नेपालले दोस्रो जित दर्ता गरेको छ । सिरिज अन्तर्गत आफ्नो पाँचौँ खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई पराजित गरेको हो ।

जितकालागि नेपालले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको मेलबर्नले निर्धारित ओभरमा सबै विकेट गुमाउँदै १ सय ६ रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ५ विकेट लिए । ४ ओभर बलिङ गरेका सोमपालले १७ रन मात्रै खर्चिए ।

कुशल भुर्तेलले २० रन दिएर २ विकेट लिए । साहब आलम र रुपेश कुमार सिंहले समान १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ३९ रन बनायो ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक २९ रन बनाए । दीपेन्द्र सिंह ऐरीले २७ रन बनाए भने लोकेश बमले २४ रन जोडे ।

भीम सार्कीले १७ रन बनाए । आरिफ शेखले १२ रन थपे । गुलसन कुमार झाले २ रनको योगदान दिए भने सोमपाल कामीले कुनै रन जोड्न सकेनन् ।

ओपनर कुशल भुर्तेलले १ रन मात्रै बनाउन सके । अलराउण्डर रुपेश सिंह १६ रनमा नट आउट रहे भने साहब आलम पनि शून्य रनमा नट आउट नै रहे । नेपालले १० रन अतिरिक्त पायो ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।