२०८२ मंसिर २० गते शनिबार
२०८२ मंसिर २० गते शनिबार

विपिनको रिहाइका लागि सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलमा हमास समूहद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सकुशल रिहाइका लागि सरकारले हरसम्भव प्रयास गरिरहेको बताएका छन् ।

आज (शनिबार) विपिनकी आमा पद्मा र बहिनी पुष्पाले इजरायलबाट फर्केपछि प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए । त्यसपछि प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत सरकारले हरसम्भव प्रयास गरिरहेको बताएका हुन् ।

‘बिपिनको रिहाइका पहलका लागि सरकारले कुनै पनि कसर बाँकी राखेको छैन,’ भेटवार्तापछि प्रधानमन्त्रीले भने । विपिनको परिवारले इजरायल भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति र संसदका अध्यक्षसँग भेटवार्ता गरेका थिए । उक्त भेटवार्ता विपिनको रिहाइको पहललाई थप सशक्त बनाउने उद्देश्यले नेपाली दूतावासको समन्वयमा आयोजना गरिएको थियो ।

विपिनकी आमा र बहिनी उनको रिहाइका लागि आग्रह र अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्न इजरायली सरकारको निम्तोमा त्यहाँ पुगेका थिए । उनीहरूले इजरायली राष्ट्रपति आइज्याक हर्जोग र अन्य उच्च अधिकारीहरूसँग भेट गरी विपिनको अवस्थाबारे जानकारी गराउँदै रिहाइका लागि अपिल गरेका थिए ।

कञ्चनपुरका विपिन कृषि अध्ययनका लागि इजरायल पुगेका थिए । सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणका क्रममा अन्य १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने जोशीलाई बन्धक बनाइएको थियो । त्यसयता उनको अवस्था अज्ञात छ । उनको परिवार र नेपाल सरकार उनको शीघ्र र सुरक्षित रिहाइका लागि निरन्तर प्रयासरत छन् ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।