२०८२ आश्विन ३० गते बिहीबार
२०८२ आश्विन ३० गते बिहीबार

खुटिया खोलामा डुबेर चार किशोरको मृत्यु

कैलाली । कैलालीको गोदावरी नगरपालिका–९, सहरी झोलुङ्गे पुल नजिक खुटिया खोलामा नुहाउन गएका चार जना किशोरको डुबेर ज्यान गएको छ ।

शनिबार दिउँसो करिब २ बजेतिर पानीमा डुबेका उनीहरूमा धनगढी–५ का १७ वर्षीय सक्षम जोशी र १७ वर्षीय प्रतीक चौधरी, धनगढी–४ का १५ वर्षीय जेब भण्डारी र १७ वर्षीय जाबेज भण्डारी रहेका छन्।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको गोताखोर टोली, अन्य सुरक्षा निकायका अधिकारीहरू र स्थानीयवासीको सहयोगमा खोजतलास कार्य भएको थियो। दिउँसो करिब ३ बजे चारै जनालाई मृत अवस्थामा फेला पारिएको जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल र गोदावरी नगरपालिकाका मेयर विरेन्द्र भट्ट आफै घटनास्थलमा पुगी खोजतलासमा सक्रियता देखाएका थिए। प्रजिअ लम्सालले उद्धार तथा खोजविनमा संलग्न सबैलाई धन्यवाद दिँदै घटनाप्रति दु:ख व्यक्त गरेका थिए।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।