२०८३ आश्विन ५ गते सोमबार
२०८३ आश्विन ५ गते सोमबार

मुकुल ढकाल र निशा डाँगीको गोप्य भेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निष्काशित महामन्त्री मुकुल ढकाल र पार्टीकी सांसद निशा डाँगीबीच गोप्य भेटवार्ता भएको छ ।

उनीहरुबीच गोप्य भेटवार्ता भएको तस्विर बाहिरिएको छ । तस्विरमा उनीहरू एक होटलमा खाजा खादै गम्भीर छलफलमा देखिन्छन्।

उनीहरुबीचको भेटलाई सामान्य मात्र ठान्नेहरू पनि छन्, तर पार्टीभित्र चलिरहेको विवादको भेलमा यसलाई रहस्यमय संकेत मान्नेहरूको संख्या झन् बढ्दो छ। कतिपयले त भन्छन् – यो भेट केवल खाजा खाने नभई, रास्वपाको भविष्य लेख्ने गोप्य रणनीति थियो

यतिबेला सभापति रवि लामिछाने सहकारी प्रकरणमा थुनामा रहँदा पार्टीभित्र नयाँ विवाद जन्मिरहेका छन्। रवि थुनामा रहदा पार्टीभित्र एक पछि अर्को विवाद सिर्जना भइरहेका छन् । पार्टीभित्र निवर्तमान सहकोषाध्यक्ष दीपक बोहोरालाई सहमहामन्त्री बनाउने प्रस्तावले विवाद सिर्जना गर्यो ।

त्यसैगरि अहिले रुपन्देही ३ को उपनिर्वाचनका लागि आन्तरिक प्रतिस्पर्धाबाट उम्मेदवारमा छानिएका डा. लेखजंग थापाकै कारण पार्टीमा विवाद छ । उनीमाथि अनुशासनको कारबाहीको माग गर्दै पार्टीभित्र विवाद छ । उम्मेदवारमा छानिएको २४ घण्टा बित्न नपाउदै उनीमाथि दुई आरोप लागेका छन् । बहुविवाह र पार्टीको बैठकमा जासुसी चस्माबाट भिडियो खिचेको । यहि कारण पार्टीभित्र विवाद सिर्जना भएको छ । उनलाई अयोग्य ठहर गरि अर्को उम्मेदवार चयन गर्न पार्टीमा माग उठेको छ ।

यी सबैले रास्वपाको आकाश कालो बनाइरहेको बेला मुकुल–निशाको भेटले अझै चमत्कारिक मोड दिएको छ। यी दुईको भेटले “के मुकुल ढकाल पुनः पार्टीमा फर्किँदैछन् ? निशा डाँगीले नयाँ समीकरणको खाका कोर्दैछिन् ? भन्ने प्रश्न आएको छ । यथार्थ जे भए पनि, मुकुल–निशाको खाजासँगैको भेटले रास्वपाभित्र झनै तरंग पैदा गरेको पक्का छ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।