२०८२ मंसिर २३ गते मंगलवार
२०८२ मंसिर २३ गते मंगलवार

अन्ततः पछि हट्यो सरकार, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा

काठमाडौं । देशव्यापी रूपमा चर्किएको युवा आन्दोलन र जनदबाबका सामु सरकार अन्ततः झुकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।

सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले यसको पुष्टि गर्दै सामाजिक सञ्जालहरू सञ्चालनमा आइसकेको जानकारी दिए । सरकारले गत १९ भदौमा मन्त्रीस्तरीय निर्णयमार्फत सामाजिक सञ्जालहरूमाथि प्रतिबन्ध लगाएको थियो, जसमा विशेष गरी एक्स (पहिलेको ट्वीटर) लाई लक्षित गरिएको थियो । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकमा एक्सले नेपालको राष्ट्रिय स्वाभिमानको कदर नगरेको र नेपालमा दर्ता नहुने अडान लिएको भन्दै ब्रिफिङ गरेका थिए । उनले ‘डेढ वर्षदेखि सूचीकृत गर र नेपालको कानुन मान’ भन्दा पनि अटेरी गरेको आरोप लगाएका थिए ।

यद्यपि, सरकारको यो कदमले युवा वर्गमा ठूलो असन्तुष्टि पैदा गर्‍यो । जेनजी (Gen Z) हरूले सामाजिक सञ्जाल खुलाउन माग गर्दै देशका विभिन्न भागमा सशक्त प्रदर्शनहरू गरे । सोमबार मात्रै काठमाडौंमा १७ र इटहरीमा २ जना प्रदर्शनकारीले ज्यान गुमाएका थिए । यसले सरकारमाथि थप दबाब सिर्जना गर्‍यो । चर्को जनविरोध र सत्तारुढ दलभित्रबाटै आएको दबाब थेग्न नसकेपछि सरकार आफ्नो निर्णयबाट पछि हट्न बाध्य भएको हो ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।