२०८२ भाद्र २७ गते शुक्रबार
२०८२ भाद्र २७ गते शुक्रबार

जंगीअड्डामा राष्ट्रपति, सेना र जेनजीबीच निर्णायक वार्ता हुँदै

काठमाडौं । नेपालमा जारी राजनीतिक गतिरोध अन्त्यका लागि नेपाली सेनाको सक्रिय समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र ‘जेनजी’ युवा प्रतिनिधिहरूबीच आज महत्वपूर्ण वार्ता हुँदैछ । यो छलफलले अन्तरिम सरकार गठनको प्रक्रियालाई औपचारिकता दिने अपेक्षा गरिएको छ । अन्तरिम सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाममा जेनजी प्रतिनिधिहरूले सहमति जुटाइसकेका छन् ।

 

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलले हिजोदेखि नै जेनजी प्रतिनिधिहरूसँगको छलफललाई निरन्तरता दिएका छन् । आजको बैठकले ठोस निकास निकाल्नेमा सेना विश्वस्त देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरूले गरेको आन्दोलनमा १९ जनाको ज्यान गएपछि राजीनामा दिएका थिए । युवा आन्दोलनको मुख्य माग नै ताजा जनादेशका लागि अन्तरिम सरकार गठन भएकाले त्यसै दिशातर्फ प्रक्रिया अघि बढेको हो ।

जेनजीबाट प्रस्तावित पूर्वप्रधानन्यायाधीश कार्कीको नाममा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले समेत सार्वजनिक रूपमा समर्थन जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत कार्कीको नेतृत्वलाई आफ्नो समर्थन रहेको जानकारी दिएका थिए । प्रधानसेनापति सिग्देलले यसअघि नै विभिन्न पक्षहरूसँगको छलफल गरिसकेका छन् ।

 

यस क्रममा जेनजी युवाका प्रतिनिधिहरू, धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ र दुर्गा प्रसाईंसँग पनि उनले परामर्श गरेका थिए । हर्क साम्पाङले पनि सुशीला कार्कीको नाममा समर्थन व्यक्त गरिसकेका छन् भने दुर्गा प्रसाईंले देशले निकास पाउने गरी जसको नेतृत्वमा सरकार बने पनि आफूलाई स्वीकार्य हुने बताएका छन् ।

जेनजी युवाहरूले भर्चुअल माध्यमबाट गरेको सर्वेक्षणमा सुशीला कार्कीको नाममा व्यापक समर्थन देखिएको थियो । कार्कीले पनि अन्तरिम सरकारको नेतृत्व गर्ने जेनजीको प्रस्ताव स्वीकार गर्ने प्रतिबद्धता जनाइसकेकी छन् । 

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।