२०८२ फाल्गुन २८ गते बिहीबार
२०८२ फाल्गुन २८ गते बिहीबार

राजधानीमा चहलपहल, दिउँसोको कर्फ्यु हट्यो

काठमाडौं । काठमाडौं उपत्यकामा नेपाली सेनाले लगाएको कर्फ्यू र निषेधाज्ञा खुकुलो बनाएसँगै जनजीवन सामान्यीकरणतर्फ उन्मुख भएको छ ।

विशेषगरी दिउँसोको समयमा कर्फ्यू हटाइएको र निषेधाज्ञाको समय पनि घटाइएकोले सडकमा सवारी साधनको चाप बढ्नुका साथै चहलपहल देखिन थालेको छ ।

नेपाली सेनाद्वारा जारी सूचना अनुसार, आज बेलुका ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म मात्रै कर्फ्यू लागू हुनेछ । यसअघि दिउँसोको समयमा पनि लागू हुँदै आएको कर्फ्यू हटाइएको हो । त्यस्तै, निषेधाज्ञालाई पनि खुकुलो बनाउँदै आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मात्रै लागू गरिने सेनाले जनाएको छ । यो व्यवस्थाले दिनको अधिकांश समय नागरिकलाई हिँडडुल तथा आवतजावतमा सहजता प्रदान गरेको छ ।

हालै सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी युवाहरुले भदौ २३ गते गरेको प्रदर्शन हिंसात्मक बनेपछि भदौ २४ गते राति १० बजेदेखि नेपाली सेनाले सुरक्षा कमाण्ड सम्हालेको थियो । त्यस क्रममा सुरुमा देशभर कर्फ्यू आदेश जारी गरिए पनि हाल यसलाई काठमाडौं उपत्यकामा मात्र सीमित गरिएको छ । उपत्यका बाहिरका केही जिल्लाहरुमा भने स्थानीय प्रशासनले आवश्यकता अनुसार कर्फ्यू तथा निषेधाज्ञा जारी गरेका छन् ।

कर्फ्यू र निषेधाज्ञाको फरक

सरल भाषामा बुझ्दा, निषेधाज्ञाको मुख्य उद्देश्य मानिसहरुको भिडभाड र जमघटलाई नियन्त्रण गर्नु हो । यसमा निश्चित समय वा स्थानमा भेला हुन वा हिँडडुल गर्न प्रतिबन्ध लगाइन्छ ।

कर्फ्यू भने निषेधाज्ञाभन्दा कडा आदेश हो । यसमा तोकिएको समयभित्र घरबाहिर निस्कन वा आवतजावत गर्न पूर्ण रुपमा बन्देज लगाइन्छ । कर्फ्यूको समयमा अत्यावश्यक बाहेकका सबै गतिविधि ठप्प हुन्छन् ।

 
 
 
 
 
 
 
 

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।