२०८२ चैत्र २९ गते आईतवार
२०८२ चैत्र २९ गते आईतवार

कांग्रेस बचाउन युवा नेता रञ्जित कर्णको १६ बुँदे सुझाव

नेपाली काँग्रेसका युवा नेता तथा वरिष्ठ ईन्जिनियर रञ्जित कर्णले पार्टी बचाउन १६ बुँदे सुझाव अघि सारेका छन् ।
 
पुराना नेताले पार्टी कब्जा गरेकै कारण युवाहरुले बिद्रोह गरेको बताउँदै कर्णले आफ्ना सुझावलाई कार्यान्वयन नगरे पार्टी अझै समस्यामा पर्ने दावी गरेका छन् ।
 
यस्ता छन् कर्णले दिएका १६ बुँदे सुझाव 
 
१। नेतृत्वमा नयाँ सोच 
वर्तमान सभापति र सबै पदाधिकारीहरूले सामूहिक राजीनामा दिनु पर्ने ।
वैचारिक रूपमा योग्य, इमानदार र दूरदर्शी व्यक्तिलाई तदर्थ समितिको सभापति बनाउनुपर्ने।
 
२। संविधान र नीतिगत सुधार 
संविधानका त्रुटिहरू सच्याउँदै समयानुकूल सिद्धान्त र योजनासहित शीघ्र महाधिवेशन सम्पन्न गर्ने ।
 
३। युवाको सहभागिता
३२ वर्ष मुनिका युवाको कम्तीमा ४०प्रतिशत सहभागिता सुनिश्चित गर्दै पार्टी केन्द्रिय समितिमा उनीहरूको प्रतिनिधित्व बढाउनुपर्ने।
 
४। भ्रष्टाचार नियन्त्रणस्
पार्टीभित्रै भ्रष्टाचार निवारण आयोग गठन गर्ने र सरकारी निकायसँग सहकार्य गरी भ्रष्ट नेतालाई कारबाही गर्ने। २०४६ साल यता सार्वजनिक पदमा बसेका पार्टीका नेताको सम्पत्ति छानविन गर्ने ।
 
५। सदस्यता प्रणालीमा पारदर्शिता
सक्रिय सदस्यता वितरणका लागि स्वतन्त्र र निष्पक्ष समिति गठन गर्ने ।
एकै व्यक्तिले धेरै आर्थिक कारोबार गरेको छ छैन भन्ने यथोचित छानबिन गर्ने ।
 
६। प्रविधिको प्रयोग
सबै तहका अधिवेशनलाई डिजिटल प्रणालीमार्फत पारदर्शी बनाउने ।
 
७। उम्मेदवार छनोट प्रक्रियामा सुधार गर्ने
स्थानीय र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरू क्षेत्रीय अधिवेशनबाटै छनोट गर्ने व्यवस्था लागू गर्ने ।
 
८। पराजित उम्मेदवारलाई पुनः उम्मेदवारी बन्न प्रतिबन्ध लगाउने 
एक पटक चुनावमा पराजित भएका व्यक्तिलाई सोही पदमा पुनः उम्मेदवार हुन नपाउने व्यवस्था मिलाउने ।
 
९। शक्ति विकेन्द्रिकरण
पार्टी सभापतिको एकछत्र अधिकारलाई विकेन्द्रिकरण गर्दै निर्णय प्रक्रियामा सामूहिक नेतृत्वको अभ्यास गर्ने ।
 
१०। एक ब्यक्ति एक पदको मान्यता स्थापित गर्ने
एउटै व्यक्तिले पार्टी सभापति र संसदीय दलको नेता दुवै पद धारण गर्न नपाउने व्यवस्था गर्ने ।
 
११। भातृ संरचनाको समयसीमा तोक्ने
निश्चित समयसीमा भित्र भातृसंस्थाहरूको अधिवेशन सम्पन्न गर्नु अनिवार्य बनाउने ।
 
१२। सार्वजनिक अभिव्यक्ति नियमन
पार्टी सभापतिको सार्वजनिक अभिव्यक्ति पार्टीको पदाधिकारीबाट अनुमोदित हुनुपर्ने व्यवस्था गर्ने ।
 
१३। आर्थिक पारदर्शिता
चन्दा संकलन र आर्थिक कारोबार पूर्ण रूपमा पारदर्शी बनाउने ।
 
१४। विदेश नीति र योजना समिति
दक्ष र अनुभवी व्यक्तिहरूलाई समावेश गरी विदेश नीति र योजनाका लागि छुट्टै समिति गठन गर्ने ।
 
१५। राजनीतिक नियुक्तिमा सुधार
राजनीतिक नियुक्तिलाई न्यूनतम बनाउँदै कर्मचारीतन्त्रलाई स्वतन्त्र र पेशागत बनाउने ।
 
१६। दीर्घकालीन विकास योजनाः
विज्ञहरू सहित दीर्घकालीन विकास अवधारणा र पहलका लागि समिति गठन गर्ने ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।