२०८२ चैत्र २९ गते आईतवार
२०८२ चैत्र २९ गते आईतवार

रुपन्देही-३ को उपनिर्वाचन सम्बन्धी सबै कार्यक्रम रद्द

काठमाडौँ- काठमाडौँ निर्वाचन आयोगले आगामी कात्तिक १७ गतेका लागि तोकिएको रुपन्देही– ३ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको कार्यक्रम रोकेको छ । 

आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले सोमबार विज्ञप्ति निकाली राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति तोकेकाले उपनिर्वाचन रोकिएको उल्लेख छ । 

‘प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम मिति २०८२/०७/१७ गते सोमबारका दिन रूपन्देही जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा उपनिर्वाचन गर्ने गरी आयोगबाट उपनिर्वाचनको मिति तोकिएकोमा राष्ट्रपतिको कार्यालयबाट मिति २०८२।०५।२७ गते प्रकाशित विज्ञप्तिबाट सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट प्रतिनिधि सभाको विघटन गरी मिति २०८२/११/२१ गते बिहीबारका दिन नयाँ प्रतिनिधि सभाको निर्वाचन गर्ने गरी मिति तोकिएकोले रूपन्देही जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचन सम्बन्धी बाँकी सम्पूर्ण कार्यक्रमहरू रद्द गर्ने गरी आयोगको मिति २०८२/०५/३० को बैठकबाट निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ प्रवक्ता भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।