काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई माया गर्न नछाड्ने बताएका छन् ।
आज दिउँसो फेसबुकमा एक स्ट्याटस लेख्दै शाहले यस्तो बताएका हुन् ।
उनले लेखेका छन् ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो । You are my true love.’
आफूलाई प्रधानमन्त्री बनाउन सहयोग नगरेपछि साम्पाङ बालेनसँग रिसाएका थिए । साम्पाङ प्रधानमन्त्री बनाउन माग गर्दै समर्थकसहित काठमाडौँ आएका थिए । तर, जेनजी युवाहरूले उनलाई मतलब गरेनन् ।
बालेनकै समर्थनमा प्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी छन् ।
प्रधानमन्त्री र मन्त्री पदसमेत पाउन नसकेपछि मेयर साम्पाङ धरान फर्किएका थिए ।
उनले आज मात्रै धरानमा पत्रकार सम्मेलन गरेर भक्कानिएर रोएका थिए ।
छोटो समयमा नै साम्पाङ रोएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । साम्पाङ रोएपछि बालेनले उनलाई सान्त्वना दिएका हुन् ।









