२०८२ मंसिर २० गते शनिबार
२०८२ मंसिर २० गते शनिबार

बाग्मती प्रदेशसभाका सभामुख पाठकले दिए राजीनामा

काठमाडौँ । बाग्मती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिएका छन् । उनले उपसभामुख अपसरा चापागाईंलाई औपचारिक रुपमा राजीनामा बुझाएका छन् ।

 

सभामुख पाठकले आफ्नो राजीनामा नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ अनुसार प्रक्रिया पूरा गरेर दिइएको जानकारी दिएका छन् ।

उनले लेखेको पत्रमा भनेका छन्, ‘भाद्र २४ गते नै सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेको थिएँ, तर प्राविधिक कारणले कानुनी प्रक्रिया पूरा गर्न अनुकूल भएन । आज संविधान र नियमावली अनुरूप प्रदेशसभाको सभामुख पदबाट राजीनामा गरेको छु ।’

 

राजीनामा दिँदा सभामुख पाठकले जनताको भावनालाई प्राथमिकता दिएको र राष्ट्रको अवस्था र युवा पुस्ताको चाहनाको विपरीत पदमा बस्न अनौचित्य हुने टिप्पणी गरेका छन् । उनले भने, ‘राष्ट्र रोएको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावनाविपरीत पदमा बस्न अनुचित हुने ठान्छु ।’ पाठक राप्रपा पार्टीबाट बाग्मती प्रदेशसभामा निर्वाचित भएका थिए ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।