२०८२ मंसिर २३ गते मंगलवार
२०८२ मंसिर २३ गते मंगलवार

दैलेखको डुंगेश्वरका लेखा अधिकृत कार्की एक लाख घुससहित पक्राउ

काठमाडौं । भ्रष्टाचारविरुद्ध देशैभर ‘आगो सल्कँदा’ समेत कर्मचारीले घुस खान नछोडेको उदाहरण बनेका छन् दैलेखको डुंगेश्वर गाउँपालिकाका लेखा अधिकृत टंकबहादुर कार्की ।

लेखा अधिकृत कार्की एक लाख रूपैयाँ घुससहित पक्राउ परेका छन्।

कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगाल र सुर्खेतबाट खटिएको संयुक्त टोलीले वीरेन्द्रनगरबाट बिहीबार साझ पक्राउ गरेको हो।

डुंगेश्वर गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुसवापत एक लाख रुपैयाँ माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारले स्टिङ अपरेसन गरेर नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

उनका अनुसार कार्कीले सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९, मंगलगडी चोकबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।