काठमाडौँ । (संयुक्त अरब इमिरेट्स) युएईले नेपाल राष्ट्रिय क्रिकेट टोलीलाई भिसा दिएको छ ।
यसअघि युएईले नेपाली खेलाडीलाई भिसा दिएको थिएन । अन्ततः आइसिसी र युएई क्रिकेट बोर्डसँगको सहकार्यपछि नेपाली खेलाडीले भिसा पाएका हुन् ।
अब नेपाली टोली भोली नै युनिटी कप खेल्न युएई प्रस्थान गर्ने भएको छ ।
