२०८२ मंसिर २३ गते मंगलवार
२०८२ मंसिर २३ गते मंगलवार

नेताको घरमा भेटिएको नगद रकमबारे छानबिन सुरु भइसक्यो : प्रधानमन्त्री कार्की

काठमाडौँ । सरकारले जेन–जी आन्दोलनका क्रममा आगजनीमा परेका नेताको घरमा भेटिएको नगद रकमबारे छानबिन सुरु गरेको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्दै यस्तो बताएकी हुन् ।

गत भदौ २३ २४ मा भएको जेनजी पुस्ताको आन्दोलनको क्रममा आगजनीमा परेका काँग्रेस सभापति शेरबहादुर देउवालगायतका शीर्ष नेताहरूको घरमा नगद रकम जलेको भेटिएको थियो ।

प्रधानमन्त्री कार्कीले विगतका भ्रष्टाचार प्रकरणहरूबारे सरकार जानकार रहेको उल्लेख गर्दै निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही अघि बढाइने स्पष्ट पारे ।

उनले भने ‘वर्तमान सरकारले विगतमा भएका भ्रष्टाचारका बारेमा छोटो समयमा प्रस्ट जानकारी पाइसकेको छ । तसर्थ यसको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको प्रक्रिया अगाडि बढाउनेछ । प्रदर्शनको क्रममा व्यक्तिका निजी घर तोडफोड र आगजनी हुँदा स्वाभाविक रूपमा देखिएको नगद रकमका सम्बन्धमा सरकारका सम्बद्ध निकायहरूले छानबिनको प्रक्रिया सुरु गरिसकेको छ ।’

उनले आन्दोलनको क्रममा तोडफोड र आगजनीमा परेको संरचना पुनर्निर्माणको कार्य समेत अघि बढिसकेको उल्लेख गरे ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।