काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय रहेको भवनको घरधनीले खाली गरिदिन आग्रह गरेका छन् ।
बनस्थलीस्थित उक्त भवनका घरधनी, भरतमणि देवकोटाले रास्वपालाई तीन महिनाभित्र घर खाली गर्न भनेका हुन् ।
देवकोटा वर्तमानमा अमेरिका रहेका छन्, आफ्नो घर भाडामा दिने सम्झौतामा लामो समयदेखि भाडा नपाएको र सुरक्षासम्बन्धी समस्याका कारण घर छोड्न रास्वपालाई सूचित गरेका छन् ।
‘१० महिनाको भाडावापतको रकम पाएको छैन । पार्टीलाई सापट दिएको रकम पनि पाएको छैन । सापट दिएको ठूलो रकम छ । के कति अहिले नभनौं’ उनले भने ।
उक्त घर मासिक तीन लाख पचास हजार रुपैयाँमा भाडामा दिने सम्झौता भएको देवकोटाले जानकारी दिएका छन् ।









