जेनजी आन्दोलनको क्रममा भाइरल बनेका ३० वर्षीय यमबहादुर कँडेल ५५ वर्षीया आमा राममाया कँडेलको हत्या आरोपमा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानले आरोपितले आमालाई धारिलो हतियारले हत्या गरेको देखिन्छ । घटना धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका–५ थापाकटेरीमा भएको हो ।
यमबहादुर भदौ २३ र २४ गतेका जेनजी आन्दोलनका भिडिओहरूमा देखिएका थिए र ती भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएका थिए । प्रहरीले अहिले अभियुक्तलाई नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान गरिरहेको छ ।
जेनजी आन्दोलनका क्रममा प्रहरीका अगाडि छाती देखाएर ‘मेरो छातीमा गोली ठोक्नुस्, मलाई डर छ ?’ भन्दै अग्र भागमा देखिएका थिए ।
भदौ २३ गतेको जेनजी आन्दोलनमा के भनेका थिए उनले ?
‘महिनामा एक लाखसम्म कमाउने युवा हो तर मलाई कहिलै पनि चैनको निद्रा लाग्दैन । सर मेरो आँखामा डर छ ? म बोलिराछु जान्न । ठोक्नुस् न मेरो छातीमा गोली ठोक्नुस् । मैले भनिराछु त मेरो आँखामा डर छ ? एक इन्च डर छ मेरो आँखामा ? डर छ सर ? (पटक–पटक दोहोर्याए ।) म वान म्यान आर्मी हो । भारतीय र अमेरिकी पुजीँवाद दलाल र यो देशका दलालसँग एक्लै लड्न सक्ने क्यापिसीटी छ मसँग। त्यसैले तपाँइहरू पनि बेलैमा जनताका लागि सोच्नुस् । तपाईँहरुको आफ्ना आमाबुबा र देशको बारेमा सोच्नुस् । ठोक्ने भए गोली ठोक्नू । मार्ने भए मार्नू आनन्द त आउँछ । देशको बारेमा सोच्नै परेन । मेरो आत्मा भगवानले लानु हुन्छ । जिउँदो भए त देशको चिन्ता र तपाईँको आत्माले गर्दा सुत्नै सक्दैन ।’







