२०८२ कार्तिक ३० गते आईतवार
२०८२ कार्तिक ३० गते आईतवार

भूपूसैनिक, प्रहरी संगठन र युवा संघ ओलीको सुरक्षामा खटिने

काठमाडौँ । सरकारले सुरक्षा कटौती गरेपछि पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सुरक्षामा भूपू सैनिक, प्रहरी संगठन र राष्ट्रिय युवा संघका कार्यकर्ता खटिने भएका छन् ।

एमाले पोलिट ब्युरो सदस्य महेश बस्नेतले यस्तो जनाकारी दिएका हुन् ।

‘यो निर्णय नेतृत्वप्रतिको सम्मान मात्र होइन, राष्ट्रप्रतिको जिम्मेवारीको प्रतीक हो। जनताको विश्वासले उभ्याएको नेताको सुरक्षामा पनि जनता स्वयं उभिएका छन्’ उनले भनेका छन् ।

सरकारले पूर्वप्रधानमन्त्री लगायतका उच्चपदस्थहरूले राखेका सुरक्षाकर्मीहरू घटाएपछि पार्टीका कार्यकर्ताहरू नै सुरक्षामा बस्न लागेका हुन् ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सुरक्षामा वाइसिएल र पूर्वजनमुक्ति सेना राख्ने निर्णय गरेका थिए ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।