मेक्सिकोमा गएको भूकम्पका कारण मुत्यु हुनेको संख्या ६१ पुग्यो ।

0
420

२४ भदौ, बीबीसी । मेक्सिकोमा हिजो गएको ८.१ गएको रेक्टर स्केलको शक्तिशाली भूकम्पका कारण मुत्यु हुनेको संख्या ६१ पुगेको छ । मेक्सिकोको दक्षिणी तटीय क्षेत्र केन्द्रविन्दु भएर ८ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पका कारण कम्तिमा दुई सयजना घाइते भएको राष्ट्रपति एन्ड्रिके पेन्या निएटोले बताए । भूकम्पका कारण ताबास्को, ओआखाका र चीयापास राज्यमा बढी प्रभाव परेको छ । यी राज्यमा उद्धार तथा राहतको काम तीब्र रुपमा भइरहेको राष्ट्रपति निएटोको भनाई छ । भूकम्पले भत्किएका भवनमा मानिस फसेको हुन सक्ने अनुमानमा त्यस्ता क्षेत्रमा खोजी तथा उद्धारको कामलाई प्राथमिकता दिइएको छ ।

मेक्सिकोमा गएको यो शताब्दीकै ठूलो भूकम्प हो । भूकम्पका कारण मुत्यु हुनेमा धेरै ओआखाकाका छन् । त्यहाँ ४५ जनाको मुत्यु भएको मेक्सिकोको राष्ट्रिय आपतकालिन कमिटिले जनाएको छ । यस्तै चीयापासमा १० तथा ताबास्कोमा तीनजनाको शव भेटिएको कमिटिले जनाएको छ । उद्धारको काम भइरहेको बीबीसीले जनाएको छ ।