२०८२ मंसिर २३ गते मंगलवार
२०८२ मंसिर २३ गते मंगलवार

नेपाल अमेरिकासँग १०६ रनले पराजित

काठमाडौं । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-टू क्रिकेटअन्तर्गत पाँचौँ सिरिजको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । युएईमा भएको खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको हो ।

योसँगै नेपालको १७ खेलमाबाट १२ अंकमात्र छ । जितपछि अमेरिका भने ३० अङ्कमा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । स्कटल्यान्डसँग अङ्क बराबरी भएपनि रनरेटमा पछि पार्दै अमेरिका शीर्ष स्थानमा पुगेको हो ।

युएईमा अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९.१ ओभरमा १५६ रनमा अलआउट भयो । नेपालका लागि आरिफ शेख ३७, भीम सार्की २९, आरिफ शेखले २०, दीपेन्द्र सिंह ऐरीले ४० र सोमपाल कामीले ११ रन बनाए । रोहित पौडेल, गुल्शन झा, करण केसी, सन्दीप लामिछाने र कुशल भुर्तेलले दोहोरो अङ्कको स्कोर गर्न सकेनन् ।

नेपाललाई सस्तैमा अलआउट गर्नेक्रममा हरमित सिंहले ६ विकेट लिए । शुभम रन्जानेले २ र रुशिल उगरकरले एक विकेट लिए । यसअघि पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित ओभरमा ६ विकेट गुमाएर २६२ रनको सम्मानजनक योगफल तयार पारेको थियो । अमेरिकाका लागि समित पटेलले ७५, मिलिन्द कुमारले ७० र सैतेजा मुक्कामुल्लाले ४२ रन बनाएका थिए ।

सन्दीप लामिछानेले २ तथा सोमपाल कामी, आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले समान एक विकेट लिए । नेपालले अब सिरिजको आफ्नो दोस्रो खेलमा बिहीबार युएईसँग प्रतिस्पर्धा गर्नेछ । युएई भ्रमणका क्रममा नेपालले अब तीन खेल खेल्न बाँकी छ । युएईको १६ खेलबाट मात्र ६ अङ्क छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।