रोहिंग्या मुस्लिम विद्रोही समूह म्यानमारमा युद्द विरामका लागी तयार ।

0
351

२५ भदौ , बीबीसी । म्यानमारको उत्तरी मरीन राज्यमा मानवीय संकट कम गर्न रोहिंग्या मुस्लिम विद्रोही समूहले एक महिने युद्द विराम घोषणा गरेको छ । अरसा नामक विद्रोही समूहले आजबाट युद्द विराम गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ । अर्साले गएको अगस्ट २५ मा प्रहरीमाथि आक्रमण गरेपछि म्यानमारको राखिने राज्यमा तनाव बढेको छ ।

त्यसयता सेनाले राखिने क्षेत्रमा कारवाही अभियान चलाउँदै आएको छ । उसले सेनालाई हतियार बिसाउन समेत आग्रह गरेको छ ।तनावका कारणा म्यानमारबाट करिव ३ लाख रोहिंग्या मुस्लिम भागेर बंगलादेशमा शरण लिन पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।