मंगलबार काठमाडौँमा आयोजना गरिएको एक पत्रकार सम्मेलन १० सेकेन्डमै सकिएको छ। संगीत बमले रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन आयोजना गरेका थिए।
तोकेको समयमा अर्थात् बिहान ११ बजे पत्रकारहरू स्थलमा पुगिसकेका थिए । तर सम्मेलन सुरु भएको केही क्षणमै सकियो। बमले ‘द गेम अफ लुसिफर’ भन्ने शीर्षकमा साङ्केतिक रूपमा विरोध जनाएका थिए ।
मञ्चमा आएर उनले दाहिने हातका दुई औँला ठड्याए र बाँकी औँला मोड्दै प्रतीकात्मक विरोध प्रदर्शन गरे । त्यसपछि कुनै वक्तव्य नदिई फर्किए । उनले पत्रकारहरूलाई समाचार तयार गर्न जिम्मा दिँदै कार्यक्रम त्यत्तिकै अन्त्य गरे ।
उनी सेतो परम्परागत पोसाकमा आएका थिए । दाहिने हातमा भी साइन (भिक्ट्री वा शान्ति चिह्न) देखाउँदै उनी मञ्चमा उभिएका थिए









