२०८३ बैशाख २ गते बुधबार
२०८३ बैशाख २ गते बुधबार

पश्चिमी वायु र अरब सागरको नयाँ प्रणालीको प्रभाव, यी प्रदेशमा वर्षा र हिमपात

काठमाडौं । बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ को प्रभाव नेपालमा कम हुँदै गएको छ । यसअघि भारतको छत्तिसगढ आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रहेको ‘मोन्था’ को प्रभाव रातिबाट मत्थर हुँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

हाल नेपालमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसले गर्दा देशका विभिन्न भागमा आंशिकदेखि पूर्ण बदलीको अवस्था देखिएको छ । कोशी प्रदेशमा पूर्ण बदली छ भने बाँकी भूभागमा साधारणतयादेखि अधिकांश बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसोको पूर्वानुमान: कोशी, मधेस र बागमती प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको छ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा र बागमती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

रातिको पूर्वानुमान: कोशी प्रदेश र मधेस प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

मौसममा आएको परिवर्तनका कारण यात्रा गर्नेहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ । पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना भएकाले चिसोबाट बच्न र सुरक्षित रहन आवश्यक तयारीका साथ यात्रा गर्न महाशाखाले अनुरोध गरेको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।