नेत्री आङ साङ–सुकीलाई समस्या समाधान गर्न अन्तिम मौका ।

0
473

म्यानमारको सेनाका उच्च अधिकारीले रोहिंग्याकै कारण अहिलेको समस्या आएको आरोप लगाएका छन् । पछिल्लो पटक भड्किएको द्वन्द्वका कारण म्यानमारका हजारौं रोहिंग्या मुसलमान विस्थापित भइरहेको अवस्थामा नमारको सेनाका जनरल मिन आङ हलांगले उनीहरुकै कारण समस्या उत्पन्न भएको आरोप लगाएका हुन् । हलांगले रोहिंग्या अतिवादी रहेको र रखाइन राज्यमा आफ्नो पकड स्थापित गर्न खोजेको उनको आरोप छ । झण्डै एकमहिनादेखि म्यानमारको उत्तरी रखाइन राज्यमा बुद्धिस्ट र रोहिंग्या मुसलमानबिच हिंसा भड्किँदा झण्डै तीनलाखको हाराहारीमा रोहिंग्या मुसलमान बंगलादेशमा विस्थापित भएका छन् ।

सेनाले रोहिंग्या मुलसमानमाथि ज्यादति गरेको आरोप लागेको छ । तर जनरल मिनले भने रोहिंग्याकै कारण समस्या उत्पन्न भएको बताएका हुन् । संयुक्त राष्ट्रसंघले रोहिंग्यामाथि भइरहेको ज्यादतिप्रति ध्यानाकर्षण भएको जनाउँदै नेत्री आङ साङ–सुकीलाई समस्या समाधान गर्न अन्तिम मौका रहेको बताएको छ ।