२०८२ मंसिर २० गते शनिबार
२०८२ मंसिर २० गते शनिबार

निर्वाचनका लागि सवा ३ लाख सुरक्षाकर्मी, म्यादी प्रहरी मात्रै १ लाख ३० हजार परिचालन गरिने

आसन्न प्रतिनिधिसभा निर्वाचनको सुरक्षा व्यवस्था सुदृढ बनाउन सरकारले व्यापक तयारी सुरु गरेको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचनका लागि १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको छ । यससँगै निर्वाचन सुरक्षामा कुल ३ लाख १४ हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

गृह मन्त्रालय स्रोतका अनुसार, निर्वाचन सुरक्षाका लागि नेपाली सेनाका करिब ७९ हजार, नेपाल प्रहरीका करिब ७२ हजार, सशस्त्र प्रहरी बलका ३३ हजार र म्यादी प्रहरी १ लाख ३० हजार जनशक्ति परिचालन गरिनेछ । निर्वाचन आयोगबाट मतदाता नामावली, मतदानस्थल र मतदान केन्द्रको अन्तिम टुंगो लागेपछि सुरक्षाकर्मीको संख्यामा केही सामान्य हेरफेर हुन सक्ने भए तापनि अहिलेलाई सवा तीन लाखको हाराहारीमा सुरक्षाकर्मी खटाउने गरी ‘एकीकृत सुरक्षा योजना-२०८२’ स्वीकृत भएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचन र बदलिँदो सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै यसपटकको निर्वाचन सुरक्षा योजना तर्जुमा गरिएको जानकारी दिए । सुरक्षा समिति बैठकले सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरीलाई एकीकृत रूपमा परिचालन गर्ने निर्णय गरेको छ ।

सुरक्षा कार्ययोजना स्वीकृत भएसँगै अब नेपाली सेना परिचालनका लागि संवैधानिक प्रक्रिया अघि बढ्नेछ । राष्ट्रिय सुरक्षा परिषद्ले प्रधानमन्त्रीको अध्यक्षतामा रहने मन्त्रिपरिषद् समक्ष सिफारिस गर्नेछ, जसपश्चात् मन्त्रिपरिषद्को निर्णय र राष्ट्रपतिबाट अनुमोदन भएपछि सेना परिचालन हुनेछ ।

एकीकृत कार्ययोजना स्वीकृत भएसँगै आगामी मंसिर १० गतेदेखि निर्वाचनलाई लक्ष्य गरी सुरक्षाकर्मी परिचालन गरिनेछ । हाल नेपाली सेनामा करिब एक लाख, नेपाल प्रहरीमा करिब ८० हजार र सशस्त्र प्रहरी बलमा करिब ३७ हजार सुरक्षाकर्मी कार्यरत छन् ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।