जनतालाई समृृद्ध पार्न एमालेको नेतृत्व आवश्यक छ : नेता पोखरेल ।

0
460

७ असोज , काठमान्डौँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मुलुकलाई आर्थिक सम्मुनतितर्फ उन्मुख गराई जनतालाई समृृद्ध पार्नका लागि आफ्नो दलको नेतृत्व आवश्यक रहेको बताएका छन् । टोखा नगरपालिका–६ पार्टी कमिटीले आयोजना गरेको कार्यक्रममा उनले भने – “जनताको सामाजिक रुपान्तरणका लागि कृषि, पर्यटन, पूर्वाधारलगायत विकासका लागि एमालेसँग प्रष्ट दृष्टिकोण छ ।” महासचिव पोखरेलले जैविक विविधताले भरिएको देशको हावापानी, भौगोलिक अवस्थालगायतलाई नजिकबाट आफूहरुले अध्ययन गरिरहेको उल्लेख गर्दै “फरक फरक क्षेत्रमा अलग अलग स्रोत र साधनको सम्भाव्यता देखिएको छ, जहाँ जे उत्पादन गर्दा जनता लाभान्वित हुन्छन्, त्यहाँ लगानी बढाउनुपर्छ,” भने ।

प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीलाई अग्रस्थानमा लैजान जनवर्गीय संगठन तथा कार्यकर्ताले जनताको सेवालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । स्थानीय सम्पदा संरक्षण अभियानका अध्यक्ष मनिराज डंगोलले प्राचीन नगरी टोखाका महत्वपूर्ण संस्कृति तथा सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा फैलाउनुपर्ने आवश्यकता औल्याए । टोखा नगरपालिका–६ पार्टी कमिटी प्रमुख भगवान केसीले स्थानीय विकास तथा पूर्वाधार निर्माणमा एमालेले सबै दलसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।