झारखन्डको पटाका कारखानामा आगलागी हुदा आठ जनाको मृत्यु ।

0
471

९ असोज , नयाँदिल्ली । पूर्वी भारतीय राज्य झारखन्डमा रहेको पटाका कारखानामा भएको आगलागीका कारण आठ व्यक्तिको मृत्यु भएको छ । आगलागीमा परी अन्य २५ जना घाइते भएको प्रहरीले जनाएको छ । गैरकानूनी रुपमा सन्चालनमा रहेको यस कारखानामा आज आगलागी भएको हो । प्रहरीले विस्तृत विवरण भने दिएको छैन । उक्त कारखानामा अवैध रुपमा सन्चालन गरिएको र त्यहाँ भएको विस्फोटमा परी आठजनाको मृत्यु भएको र अरु २५ जना घाइते भएको जनाइएको छ ।

घाइतेमध्ये अधिकांशको अवस्था चिन्ताजनक छ । उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । मृतकको सङ्ख्या अझै बढ्नसक्ने समेत प्रहरीले अनुमान गरेको छ । कारखानामा के कसरी आगलागीको घटना भयो भन्ने बारेमा अनुसन्धान सुर भएको प्रहरीले जनाइएको छ