कोमल ओली एमालेमा प्रबेश,बामदेव गौतम भन्छन् आगामी निर्वाचनमा एमालेलाई पहिलो बनाउन लाग्नुस् ।

0
969

असोज १०दाङ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पाँच वर्षभित्र सबैको घर हुने, बेरोजगारले रोजगार पाउने वातावरण निर्माण गरेर एमाले अघि बढेको बताएका छन् । गौतमले भने पाँच वर्षभित्र सम्पुर्ण जनताले आधारभूत सेवाको भरपुर उपभोग गर्न पाउने छन् । यहि भिजनका कारण अबको चुनावमा एमालेलाई कसैले रोक्न नसक्ने गौतमको भनाई थियो ।

नेकपा एमाले दाङले घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै गौतमले राष्ट्रका सामु आएका कठिन चुनौतीमा एमाले उत्तीर्ण भएको भन्दै लोकतन्त्रको रक्षा एमालेले मात्रै गर्न सक्ने दाबी गरे ।

जनताले अग्रगमन र राष्ट्रको समृद्धि खोजेकाले त्यो पूरा गर्ने जिम्मेवारी आफ्नो पार्टीमा भएको तर्क गरेका थिए । अन्य पार्टीसँग कुनै भिजन नभएको भन्दै मुलुक चलाउने पार्टी एमाले मात्र भएको ठोकुवा गरे ।

गौतमले बिभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेकाहरुलाई स्वागत समेत गरेका थिए ।राप्रपाकी निर्वाचित केन्द्रिय सदस्य तथा गायिका कोमल ओली एमालेमा प्रबेश गरेकी छिन् । पार्टी प्रवेश कार्यक्रममा गौतमले भने आगामी निर्वाचनमा एमालेको दुई तिहाई ल्याउन कोमल ओलीको भुमिका महत्वपुर्ण रहेको भन्दै आगामी दिनमा अन्य पार्टीका स्थापित नेताहरु समेत एमालेमा प्रबेश गर्ने ठोकुवा गरेका थिए ।