२०८३ जेष्ठ ४ गते सोमबार
२०८३ जेष्ठ ४ गते सोमबार

ईश्वर पोखरेलले भने- ‘जाँचबुझ आयोगले बोलाउँदा ओलीले अवज्ञा गर्नु राम्रो होइन’

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जाँचबुझ आयोगले बोलाउँदा अध्यक्ष केपी शर्मा ओली बयान दिन जानुपर्ने बताएका छन् ।

बुधबार सम्पादकहरूसँगको अन्तरसंवादमा बोल्ने क्रममा उनले आफू ओलीको ठाउँमा भएको भए बोलाउनुभन्दा अघि नै गएर बयान दिने पनि उल्लेख गरे ।

सरकारले बनाएको आयोगसँग केही कुरामा असहमति भए पनि आफ्ना तथ्य प्रस्तुत गर्न भने जानुपर्ने उनको भनाइ थियो ।

 

‘सरकारले बनाएको आयोग, हाम्रा कतिपय कुरामा रिजर्भेसेन केही होलान् । तर आयोगले बोलाएको कुरा स्वभाविक हो । म चाहिँ भए अझै अगाडि गएर बयान दिन्थेँ । त्यसप्रति अवज्ञा गर्ने कुराले राम्रो गर्दैन ।’ पोखरेलले भने ।

पार्टीको एघारौँ महाधिवेशनको पूर्वसन्ध्यामा आयोजित अन्तरसंवादका क्रममा उनले ओलीले आयोगले भनेको कुरा नमान्नुले राम्रो नगर्ने बताए ।

‘आयोगको अध्यक्ष जसलाई बनाइयो, तर उहाँले २३ र २४ गतेको आन्दोलनपछि एउटा मान्यताका आधारमा आफूलाई उभ्याउनुभयो, अब तीनै व्यक्ति आयोगका अध्यक्ष हुँदा निष्पक्ष कसरी हुन्छ भन्ने प्रश्न हो यो,’ उनले भने ।

पोखरेलले थप भनेका छन्, ‘तर, बयान दिन जाने, भन्न जाने, विचार भन्ने, तथ्य प्रस्तुत गर्ने कुरालाई अन्यथा लिन हुँदैन । हाम्रो अध्यक्ष पनि जानुहुन्छ भन्ने मलाई लाग्छ ।’

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।