गौचनका हत्यारा पक्राउ गर्न प्रहरीको बिशेष अप्रेशन, एआई चन्द भन्छन् २४ घन्टामा रिजल्ट आँउदैन ।

0
447
असोज २४ काठमाण्डौं । निर्माण ब्यबसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्यामा संलग्न भएकाहरुको खोजी गर्ने कार्य तीब्र बनाइएको छ । महानगरिय प्रहरी आयुक्तको कार्यलयका प्रमुख एआईजी जयबहादुर चन्दले दिएको जानकारी अनुसार प्रहरीले अनुसन्धानका सबै शक्तिको प्रयोग गरेर अपराधिलाई नियन्त्रणमा लिने काम गरिरहेको जनाएका छन् ।
दिउँसै बानेश्वरमा ब्यबसायिको हत्या हुनुले ब्यबासायिमा परेको त्रास नियन्त्रण गर्न आगामी दिनमा बिशेष सुरक्षा दिने चन्दको भनाई छ । अपराधिहरुले बिभिन्न चरण पुरा गरि अपराध गराउने गरेको कारण घटनाको पुर्ण अनुसन्धान गर्न केहि समय लाग्ने बताउँदै चन्दै यो घटनाले नेपाल प्रहरीलाई च्यालेन्ज गरेकाले अपराधि कुनै पनि बहानामा भाग्न नसक्ने दावी गरे ।
बिभिन्न प्राइभेट नमबरबाट फोन गरि हत्यको जिम्ेवारी लिनेहरुका बिषयमा समेत प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको बताउँदै उपत्यकाका सबै नाकाहरुमा सादा पोशाकका सुरक्षा कर्मी परिचालन गरि अपराधिको खोजी भैरहेको बताएका छन् । छिटो भन्दा छिटो यो घटनाको वास्तविकता सार्वजनिक गर्न आफुहरु लागि परेको बताउँदै चन्दले भने पेस्तोल सहित ३ जना शंकास्पद ब्यक्तिहरु पक्राउ परिसकेकाले घटनाको वास्तविकता चाँडै सार्वजनिक हुने छ ।