कांग्रेस महामन्त्री डा कोइराला प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नवपुर क्षेत्र नम्वर १ बाट उठ्ने ।

0
811

२४ असोज, नवलपरासी । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बन्न नवलपरासीबाट सिफारिस भएका छन् । प्रतिनिधिसभामा उम्मेदवार बन्नका लागि महामन्त्री डा कोइरालाको नाम प्रदेश नं ४ मा पर्ने नवलपुर क्षेत्र नं १ बाट सिफारिस भएका छन् । नवलपरासीपूर्व जिल्लाअन्तर्गत क्षेत्र नं १ नेपाली कांग्रेसको देशैभरिका केही बलिया क्षेत्रमध्ये पर्ने एक क्षेत्र हो ।

यस्तै पूर्व गृह राज्यमन्त्री तथा पार्टी केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलको नाम नवलपरासी पश्चिम जिल्लाको निर्वाचन क्षेत्र नम्बर–२ बाट सर्वसम्मत् रुपमा सिफारिस भएको जनाईएको छ ।