नेकपा माओवादी केन्द्रका नेता विष्टद्रारा पार्टी परित्याग ।

0
232

२७ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लोकेन्द्रबहादुर विष्टले पार्टी परित्याग गरेका छन् । नेता विष्टले पार्टी केन्द्रीय कार्यालय सदस्य तथा पर्यटन विभाग इन्चार्जसहित र पार्टी सदस्यबाट राजीनामा दिएको बताईएको छ। माओवादी आन्दोलनको सपना आंशिक पूरा भएपनि अबको माओवादीले सपना पूरा गर्न नसक्ने भन्दै नेता विष्टले राजीनामा दिएर सर्वसाधारण नागरिक भएर बस्ने घोषणा गरेका हुन् ।

उनले पार्टी भित्र मूल्याङकन र व्यवस्थापन हुन नसकेको, सत्ता राजनीतिको फोहोरी खेलले जनतामा बितृष्ण जगाएको, माओवादी विभाजन र एकताले आत्मिएता हराएको लगाएकोे आफू पार्टीमा बस्न नसकेको बताए ।