२०८३ भाद्र २३ गते मंगलवार
२०८३ भाद्र २३ गते मंगलवार

राजसंस्था फर्काउन दुई शीर्ष नेताले फोन गरेको कमल थापाको खुलासा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था फर्काउन आफूलाई प्रमुख राजनीतिक दलका दुई शीर्ष नेताले फोन गरेको दाबी गरेका छन् ।

बुधबार राप्रपासँगको पार्टी एकता घोषणा कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछिको अवस्थामा आफूलाई प्रमुख दलका दुई शीर्ष नेताले टेलिफोन गरेर राजसंस्था पुनर्स्थापनाको प्रयास गर्न भनेको उनले बताए । उनका अनुसार भदौ २४ गते मध्यराति ११ बजे दुई शीर्ष नेताले फोन गरेर राजसंस्था पुनर्स्थापनाको प्रयास थाल्न आग्रह गरेका हुन् ।

जेनजी आन्दोलनलगत्तै राजसंस्था फकाउन थालिएको चर्चा भएको थियो । पूर्वराजा ज्ञानेन्द्र शाहले दलीय लिखित सहमतिविना आफू नफर्कने बताएको चर्चा भएको थियो ।यी चर्चाका बिच बुधबार अध्यक्ष थापाले जेनजी आन्दोलनपछि देश संकटमा परेको भन्दै प्रमुख राजनीतिक दलका दुई शीर्ष नेताले टेलिफोन गरेर राजसंस्था पुनर्स्थापनको प्रयास गर्न आफूलाई आग्रह गरेको दाबी गरेका हुन् ।

ती दुई शीर्ष नेताले देश जोगाउनुपर्ने भन्दै राजसंस्था फर्काउने प्रयास गर्न आग्रह गरेको दाबी गरेका थापाले यसका लागि आवश्यक वातावरण बनाउने ती दुई शीर्ष नेता तयारसमेत भएका बताए । तर, उनले ती दुई शीर्ष नेता को हुन् ? भन्नेबारे केही खुलाएनन् । आवश्यक परेको खण्डमा नाम सार्वजनिक गर्ने अध्यक्ष थापाको भनाइ छ ।

‘भदौ २४ गते राति ११ बजे अहिलेका राजनीतिक दलमध्येका प्रमुख दलका दुईजना नेताले फोन गर्नुभयो । अहिले नाम भन्दिनँ कुनै बेला आवश्यक पर्‍यो भने भनौँला,’ अध्यक्ष थापाले भने ।

बुधबार राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र थापा नेतृत्वको राप्रपा नेपालबिच एकता भएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।