२०८३ जेष्ठ ४ गते सोमबार
२०८३ जेष्ठ ४ गते सोमबार

सुनसरीमा प्रहरीको गोली लागेर सफारी चालकको मृत्युपछि स्थिति तनावग्रस्त

विराटनगर ।  सुनसरीको सीमावर्ती क्षेत्र कोशी गाउँपालिकामा सशस्त्र प्रहरी बल (एपीएफ) को गोली लागि एक स्थानीयको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ । बुधबार मध्यराति तस्करी नियन्त्रणमा खटिएको सशस्त्र प्रहरीको टोलीले चलाएको गोली लागेर कोशी गाउँपालिका-१, पुरी टोलका ४५ वर्षीय विजय साहको ज्यान गएको हो ।

घटना बुधबार राति करिब १:१० बजेको हो । भारतबाट सिटी सफारीमा ८-१० बोरा चिनी लिएर आउँदै गरेका साहमाथि सशस्त्र प्रहरीले गोली प्रहार गरेको थियो । गोली लागेर ढलेका साहको मृत्यु भएपछि आक्रोशित स्थानीय बासिन्दाले घटनास्थलमा प्रदर्शन गरिरहेका छन् । उनीहरूले घटना शंकास्पद रहेको र प्रहरीले नियोजित रूपमा गोली चलाएको भन्दै शव उठाउन दिएका छैनन् ।

घटनाको प्रकृतिलाई लिएर प्रहरी र स्थानीयको भनाइ बाझिएको छ । सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी कुमार न्यौपानेले तस्करको समूहले पहिले आक्रमण गरेपछि आत्मरक्षाका लागि ‘जवाफी फायरिङ’ गर्नुपरेको दाबी गरेका छन् । ‘चोरी पैठारीको सामान रोक्न खोज्दा तस्कर समूहबाट गोली चल्यो, त्यसको प्रतिवाद गर्दा घटना भएको हो,’ न्यौपानेले भने ।

 

यता, स्थानीय बासिन्दाले भने यो दाबीलाई अस्वीकार गरेका छन् । मृतक साहले सामान्य रुपमा सिटी सफारीमा चिनी ओसारिरहेको र सशस्त्र प्रहरीसँग ‘लेनदेन’ को विषयमा विवाद हुँदा गोली हानिएको उनीहरूको आरोप छ । सामान्य विवादमै मान्छे मार्ने काम भएको भन्दै उनीहरूले दोषीमाथि कारबाहीको माग गरेका छन् ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।