२०८२ माघ २६ गते सोमबार
२०८२ माघ २६ गते सोमबार

गगन–विश्वप्रकाशले आह्वान गरे कांग्रेसको विशेष महाधिवेशन, पुस २७ र २८ गते हुने

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते काठमाडौँमा विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन् ।

बुधबार विशेष  महाधिवेशन पक्षधरले गठन गरेको सूचना प्रसार प्रसार उपसमितिले काठमाडौँमा पत्रकार सम्मेलन गरी पुस २७ र २८ गते भृकुटीमण्डपमा विशेष महाधिवेशन गर्ने घोषणा गरेको हो ।

 

विशेष पक्षधरले  असोज २९ गते केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराएको र सोही सिलसिलामा पुस ११ गते स्मरणपत्र र पुस २१ गते पुनः ध्यानाकर्षण गराएकोमा नेतृत्वले वेवास्ता गरेको बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान जटिल तथा विषम राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसलाई थप सुदृढ, गतिशील र जनभावना अनुकूल बनाउन, समसामयिक नीति निर्माण गर्न तथा नयाँ ऊर्जा र नेतृत्वसहित पार्टी पुनर्निर्माण गर्न विशेष महाधिवेशन अपरिहार्य भएको ठहर गर्दै, पार्टी विधानको धारा १७ उपधारा (२) बमोजिम हामी २,४८८ जना महाधिवेशन प्रतिनिधिहरू (कुलको ५४.५८ प्रतिशत) ले २०८२ असोज २९ गते केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराएका थियौं। सोही सिलसिलामा पुस ११ गते स्मरणपत्र र पुस २१ गते पुनः ध्यानाकर्षण गराएका थियौं।’

उनीहरुले मंसिरभित्रै १५ औं महाधिवेशन सम्पन्न गर्नुपर्ने र यदि त्यो सम्भव नभए १७(२) बमोजिम विशेष महाधिवेशन आह्वान गरी विषम परिस्थितिको सम्बोधन गर्न माग गरेको स्मरण गराएका छन् ।

 

विज्ञप्तिमा भनिएको छ, ‘हामीले स्पष्ट रूपमा उल्लेख गरेका थियौं ‘नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विधानको धारा १७(१) अनुसार २०८२ मंसिरभित्रै १५ औं महाधिवेशन सम्पन्न गर्नुपर्छ । यदि त्यो सम्भव नभए १७(२) बमोजिम विशेष महाधिवेशन आह्वान गरी विषम परिस्थितिको सम्बोधन गर्नुपर्छ । यसैबीच पार्टीले २०८२ पौष २८ भित्र १५ औं महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक पनि गरेको थियो, तर तोकिएको समयमा १५औं महाधिवेशन सम्पन्न हुन सकेन। यस्तो अवस्थामा हाम्रो मागबमोजिमको विशेष महाधिवेशन स्वतः निर्विकल्प विकल्प बनेको छ।’

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।