२०८२ माघ २६ गते सोमबार
२०८२ माघ २६ गते सोमबार

प्रतिनिधिसभा निर्वाचन : आचारसंहिताको दायरामा सामाजिक सञ्जाल

प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन निर्वाचन आयोगले सामाजिक सञ्जालमा हुने गतिविधिलाई पनि निर्वाचन आचारसंहिताको दायरामा ल्याएको छ । आयोगले सामाजिक सञ्जाल दुरुपयोग रोक्न कडा व्यवस्था गरेको हो।

आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदै छ । आयोगका अनुसार निर्वाचनलाई प्रतिकूल असर पार्ने उद्देश्यले सामाजिक सञ्जालमा एकाउन्ट सञ्चालन गर्न वा नक्कली साइट खोल्न पाइने छैन ।

आचारसंहितामा सामाजिक सञ्जालमा ‘आर्टिफिसियल इन्टिलिजेन्स’ (एआई) प्रयोग गरी वा नगरी निर्वाचनलाई प्रभावित पार्ने गतिविधि गर्न नपाइने व्यवस्था गरिएको छ। कसैलाई होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना फैलाउने, अपमान गर्ने वा द्वेषपूर्ण भाषणजस्ता सामग्री सम्प्रेषण गर्न वा गराउन निषेध गरिएको छ।

त्यस्तै, कुनै प्रयोजनका लागि प्रकाशित वा प्रसारित सामग्रीलाई एआई प्रयोग गरी वा नगरी तोडमोड गरेर निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले सामाजिक सञ्जालमा पोष्ट, रिपोस्ट, कमेन्ट–प्रतिकमेन्ट, लाइभ स्ट्रीमिङ, ट्याग वा मेन्सन गर्न पाइने छैन ।

निर्वाचनको विश्वसनीयता, आयोग, आयुक्त वा कर्मचारीको प्रतिष्ठामा असर पर्ने गरी अवाञ्छित लाञ्छना लगाउन नपाइने प्रबन्ध पनि आचारसंहितामा समावेश गरिएको छ । कसैको चरित्र हत्या गर्ने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानी गर्ने वा यस्तै प्रकृतिका सामग्री उत्पादन, प्रकाशन वा प्रसारण गर्न निषेध गरिएको आयोगले जनाएको छ ।

मतदाता तथा मतदाताको गोपनीयता भङ्ग गर्ने, निर्वाचनको स्वच्छता र निष्पक्षतालाई प्रभावित पार्ने कुनै पनि गतिविधि गर्न नपाइने व्यवस्था गरिएको छ। आयोगले आगामी माघ ३ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी गरेको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।