काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि कार्यतालिका सार्वजनिक गरिएको छ । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका छन् ।
सार्वजनिक कार्यतालिका अनुसार, आजै साँझ ९ बजेका लागि मतदानको समय तोकिएको छ ।
सार्वजनिक कार्यतालिकामा मध्यान्ह साढे १२ बजे नै प्रथम मतदाता नामावली प्रकाशन गर्ने उल्लेख छ । मतदाता नामावलीउपरको दाबी विरोध र छलफल साढे १ बजेसम्मका लागि तोकिएको छ ।
दिउँसो ४ बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाइएको छ । साँझ पौने ९ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुने कार्यतालिकामा उल्लेख छ ।
पाँच सदस्यीय निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । निर्वाचन केन्द्रीय समितिका लागि हुने भएको छ ।
खम्बबहादुर खाती नेतृत्वमा हरेको निर्वाचन समितिलाई भंग गरेर मंगलबार बिहान केसीको नेतृत्वमा नयाँ समिति गठन गरिएको छ ।
यस्तो छ निर्वाचन कार्यतालिका
प्रथम मतदाता नामावली प्रकाशन- बिहान १२:३० बजेदेखि
मतदाता नामावलीमा दाबी विरोध तथा छानबिन- १२:३० देखि १:३० बजेसम्म
अन्तिम मतदाता नामावली प्रकाशन- दिउँसो १४:०० बजे
उम्मेदवारी मनोनयन दर्ता- दिउँसो १४:०० देखि १५:०० बजेसम्म
उम्मेदवारको नेपाली वर्णानुक्रम अनुसार प्रथम नामावली प्रकाशन- दिउँसो १६:३० बजे
उम्मेदवारीमा दाबी विरोध- दिउँसो १:३० देखि ३:०० बजेसम्म
दाबी विरोधको छानबिन- अपराह्न १६:३० देखि १७:०० बजेसम्म
उम्मेदवारी मनोनयन फिर्ता- दिउँसो १७:३० देखि १९:०० बजेसम्म
अन्तिम उम्मेदवार नामावली प्रकाशन- राति २०:४५ बजे
मतदान सुरु- बिहान २१:०० देखि १:०० बजेसम्म (मिति २०८१ मंसिर ३० गते)
मतगणना तथा परिणाम घोषणा- मतदान समाप्त भएपछि








